लोडसेडिङको अन्त्य गरेका कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्ड

Avatar photo
Dhadingpost
अशोज २१, २०७५

काठमाडौं, असोज २१ । मेज ग्रुप अफ कम्पनीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।

लोडसेडिङको अन्त्य गरेपछि चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको लोडसेडिङको अन्त्य गरेपछि चर्चामा आएका थिए ।जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ ।

घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा प्राधिकरणको इतिहासमा सबैभन्दा कम विद्युत चुहावट भएको थियो । उनको नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ ।