पार्टी एकता अभियान सार्वजनिक

Avatar photo
Dhadingpost
अशोज १९, २०७५

बुटवल, असोज १९ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ ।

त्यस्तै अर्घाखाँचीबाट चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तोजबहादुर रायमाझी, गुल्मीबाट बालसिंह काउछा, वीरबहादुर कार्की, बुद्धि जिसी र मधुकृष्ण पन्त, पाल्पाबाट नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कँडेल र राजेन्द्र विश्वकर्मा तथा रुपन्देहीबाट गोपाल भट्टराई, निर्मल जिसी, शिवराज सुवेदी र अनुुप बराललाई कार्यदलमा चयन गरिएको छ ।

नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेशका १२ वटै जिल्लामा चार चार जनाको दरले कार्यदल गठन गरेको छ । बैठकले पूर्वी रुकुमबाट मेघबहादुर श्रेष्ठ, टोपबहादुर वली, सतमान पुन र होमप्रसाद श्रेष्ठ, रोल्पाबाट आशबहादुर पुन, कुमार दसौंधी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्ती तथा प्यूठानबाट कृष्ण अधिकारी, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी चयन भएका छन् ।

स्थानीय तहको कामलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न पार्टीका तर्फबाट आवश्यक सहयोग गरी योजना, कानून, सुशासन, कर प्रणाली, बजेटजस्ता विषयमा योजना निर्माण गर्न र कार्यान्वयन गर्न विज्ञको सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । साथै पार्टी मातहतका सबै तहमा भेला र प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गरी पार्टी पङ्क्तिलाई पार्टी र सरकारका पक्षमा क्रियाशील बनाउने समेत निर्णय गरिएको छ ।

कार्यक्रममा प्रदेश ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा बाहिर हल्ला भएजस्तो विवाद नभएर जिम्मेवारी लिनका लागि आकाङ्क्षा धेरै देखिएको मात्र भएको बताउँदै विधि र प्रक्रियाबाटै उठेका विषयलाई टुङ्ग्याइने उल्लेख गरे । बैठकमा प्रदेश अध्यक्ष घर्तीले एकता प्रक्रियाले नेपालको कम्युनिष्ट आन्दोलन बल्ल मूल धारमा पुगेकाले ऐतिहासिक जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने बताए ।

त्यसैगरी पश्चिम नवलपरासीबाट घनश्याम यादव, लुल्सी पासी, थानप्रसाद गैरे र सीता पौडेल, कपिलवस्तुबाट झविलाल पोखरेल, डम्बर शर्मा, भानुप्रकाश श्रेष्ठ र रामचन्द्र शाह, दाङबाट टीकाराम खड्का, तुल्सीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य, बाँकेबाट अक्कलबहादुर बम, अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी तथा बर्दियाबाट पूर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली रहेको कार्यदल गठन गरिएको पार्टी प्रदेश अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन् ।

बैठकले जिल्ला मातहतका पूर्व दुवै पार्टीका पार्टी कार्यालय एवं भौतिक सम्पत्तिको अभिलेख तयार गरी मातहतका कार्यालय व्यवस्थापनको योजनासहित प्रदेश कमिटीमा प्रस्ताव गर्ने, पूर्व दुवै पार्टीका अलगअलग रुपमा रहेका पार्टी सदस्यता अभिलेखलाई एकीकृत रुपमा व्यवस्थित गर्ने, एकीकृत प्रतिवेदनलाई प्रदेश कमिटीमा सिफारिश गर्ने लगायत काम गर्न कार्यदल गठन गरिएको हो । यस्तै बैठकले पार्टीको प्रदेश कार्यालय बुटवलस्थित साविक नेकपा (एमाले) को प्रदेश कार्यालयमा स्थापना गर्ने र कार्यालय सचिवको जिम्मेवारी नेकपाका कपिलवस्तु नेता बलराम अधिकारीलाई दिने निर्णय गरेको छ ।