काठमाडौं, असोज १९ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले किष्ट बैंकका सञ्चालक कमल ज्ञवाली लाई पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे ।
महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छौं ।’ उनीसहितको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।
०७३ असोज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
यो पनि, कमल ज्ञवाली दम्पतीलाई ३ वर्ष जेल र साढे १२ करोड जरिवाना
जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।
