एकै दिन टिपरका कारण उपत्यकामा दुई दुर्घटना

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

काठमाडौं, असोज १८ । एकै दिन टिपरका कारण उपत्यकामा दुई दुर्घटना भएपछि स्थानीय प्रशासनले टिपर सञ्चालनको समय फेरि परिवर्तन गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गर्दै केही छुट दिएको थियो । जिल्ला सुरक्षा समितिको बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको थियो ।

तर बुधबार उक्त निर्णयलाई पुनर्विचार गर्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न दिने निर्णय भएको थियो । उक्त निर्णय एकै दिनमा फिर्ता लिइ साबिक बमोजिम राति ८ बजेदेखि बिहान ५ बजेसम्ममात्र टिपर सञ्चालन गर्न दिने निर्णय भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

टिपरकै कारण एकैदिन दुई दुर्घटना भएपछि फेरि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन गरिने भएको छ ।

तर बुधबार नै भक्तपुरको सुर्यविनायकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको थियो भने गएराति काठमाडौंको सुन्धारामा पनि टिपरकै ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।