दशैंको अवधिमा पाँच दिन मात्रै बैँक बन्द

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

काठमाडौं, असोज १८ । यसपाली सार्वजनिक विदाको कटौती गरेसँगै दशैंको अवधिमा पाँच दिन मात्रै बैंक बन्द हुने भएको छ ।

अघिल्ला बर्षमा आठ दिन दशैं विदा भएको थियो । सरकारले अन्य सार्वजनिक विदाको कटौती गरेसँगै बैंकहरूको विदाको दिन पनि गत बर्षहरुको भन्दा तीन दिन थप कटौती गरि पाँच दिन मात्र गरेको हो ।

तिहारमा ३ दिन बिदा हुनेछ । नेपाल राष्ट्र बैंकले २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक विदा निर्धारण गरेको थियो । राष्ट्र बैंकले पुरै दिन हुने बिदालाई ‘क’ वर्ग र आधा दिन हुने बिदालाई ‘ख’ वर्गमा दुई भागमा वर्गिकरण गरि विभाजन गरिएको छ ।

तर पनि ग्राहकहरुको सुविधाका लागि सार्वजनिक विदाका दिनमा पनि विगत बर्षहरुमा जस्तै यस बर्ष पनि बैंकहरुले ५६५ दिने बैंकिङ्ग सेवा भने प्रदान गर्नेछन् ।

अघिल्ला बर्षको दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा दिनमा सार्वजनिक विदा हुने गरेको थियो । यो बर्ष भने यी तीन दिन नै बैंकहरु खुला हुनेछन् । यो बर्षमा दशैंमा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिन मात्र सार्वजनिक विदा हुनेछ ।

एकादशीको भोलीपल्ट अर्थात कात्तिक ४ गते आइतबारदेखि भने बैंकहरुले पूरा कार्यालय समयमा बैंकहरु खुल्नेछन् ।