मनास्लु हिमाल चढेर फर्केका एक विदेशी नागरिक बेपत्ता

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

पोखरा, असोज १७ । गोरखाको मनास्लु हिमाल आरोहण गरी फर्केका एक विदेशी नागरिक बेपत्ता भएका छन् ।

गत असोज १३ गते मनासलु आरोहण गरेर फर्केका चेक रिपब्लिकका ४३ वर्षीय रोमन ह्लाब्को अहिले सम्म बेसक्याम्प आइ नपुगेका बताइएको छ ।

एक नेपाली र चेक रिपब्लीकका चार जना मनासलु हिमाल आरोहण गर्न गएका थिए। बेसक्याम्पमा नआएपछि उनका साथीहरुले चुमनुब्री गाउँपालिका १ स्थित सामागाउँ प्रहरी चौकीमा साथी हराएको बारे खबर गरेको प्रहरी जवान सुरेन्द्र गुरुङले जानकारी दिए । सामाउँ प्रहरी चौकीबाट बेसक्याम्प तिरको क्षेत्रमा उनको खोजीकार्य भइरहेको गोरखा प्रहरीले जनाएको छ ।