जनकपुर, असोज १६ । जिल्ला प्रहरी कार्यालय, धनुषाले २८ वर्षीया जेठानी हत्या आरोपमा देवरानीसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हंसपुर नगरपालिका–८ कि देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डल छन् ।
३ असोजमा सञ्जु आफ्नै कोठामा मृत फेला परेपछि थप अनुसन्धान र पोस्टमार्टम रिपोर्ट गरेर हेर्दा हत्या भएको खुलेको थियो ।
पण्डितले जनकपुर उपमहानगरपालिका १ स्थित शत्रुधन साह र आफ्नो घरमा अवैैैैध रूपमा ईन्टरनेट सेवा संचालन गरेको भेटिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विका र लालबाबुले अवैध सम्बन्ध लुकाउन सञ्जुको हत्या गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए । विकाको श्रीमान् केही समयदेखि वैदेशिक रोजगारीमा छन् ।
यसैबीच, प्रहरीले अवैध इन्टरनेट सेवा सञ्चालन गर्ने १ जनालाई पक्राउ गरेको छ । धनुषा मिथिलाबिहारी नगरपालिका–१३ का ३४ वर्षीय व्रह्मदेव पण्डितलाई समातेको हो ।
.
