१४ बर्षकी बालिकामाथि सामूहिक बलात्कार

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

मोरङ, असोज १५ । १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेको आरोपमा दुई जना लाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् ।

घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका–४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ ।

१४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् ।

कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

प्रहरीले दुईजनालाई जबरजस्तीकरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले किशोरीको उमेर १४ वर्षसम्ममात्र रहेकाले बालिका करणीको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको बताए । फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको थियो । खाँ नै मुख्य योजनाकार भएको बताइएको छ । खाँसँग चिनजान भएकी युवती नाच हेर्न गएकी थिइन् । तर राति घर पुर्‍याइदिने बाहनामा बलात्कृत भएकी थिइन् ।