३३ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक हुन्छः गृहमन्त्री

Avatar photo
Dhadingpost
अशोज १४, २०७५

काठमाडौ, असोज १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले साढे ३३ किलो सुनकाण्डको अनुसन्धान जारी रहेकाले आवश्यक परे प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री थापाले साढे ३३ किलो सुनकाण्ड र सनम शाक्यको हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।

सो प्रकराणमा मुछिएका प्रहरी अधिकारी छुटेपछि गृहमन्त्री थापाले प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् । उनले सुनकाण्ड प्रकरणमा अरु पनि पक्राउ पर्ने दाबी गरे ।

सुन तस्करी र शाक्य हत्या प्रकरणको आरोपमा चूडामणि उप्रेती गोरेलाई पक्राउ गरिएको छ ।