पाहुना लाग्न गएका सरकारी कर्मचारीले पाँच वर्षीया बालिकालाई बलात्कार

Avatar photo
Dhadingpost
अशोज १३, २०७५

काठमाडौं, १२ असोज । दोलखामा पाहुना लाग्न गएका ६२ वर्षीय सरकारी कर्मचारीले पाँच वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

तामाकोशी गाउँपालिका–५ की ती बालिका छिमेकी ५२ वर्षीय सरकारी कर्मचारीबाट बलात्कारको शिकार भएकी हुन् ।

पाहुनालाई खान पस्किने क्रममा छोरी चिच्याएको आवाज आएपछि अर्को कोठामा गई हेर्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो । घटनामा आफूले गल्ती गरेको भन्दै क्षतिपूर्ति पनि दिने र बालिकालाई उपचार पनि गराउने भनेपनि परिवारने नमानेपछि पस्केको खाना नखाई फरार बजगाई काठमाडौं आएका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलाखाका करारका कर्मचारी कमल बजागाईले ती बालिकालाई गत भदौ २१ गते बलात्कार गरेका थिए ।

पीडित परिवारले प्रहरीमा उजुरीदिएपछि प्रहरीले उनको खोजी कार्य गरिरहेको थियो । काठमाडौंमा आफू पक्राउ हुने डरले बजगाईले बिहीबार कोटेश्वर प्रहरीमा गएर आत्मसमर्पण गरेको दोलखाका डिएसपी वासुदेव पाठकले जानकारी दिएका छन् । उनलाई बिहीबारनै दोलखा लगिएको र प्रहरीसमक्ष बलात्कार गरेको स्विकार गरिसकेको प्रहरीले जनाएको छ।