भारतमा महिला बेच्न लाने महिला नै पक्राउ

Avatar photo
Dhadingpost
अशोज १०, २०७५

बैतडी, असोज १० । मानब बेचबिखानको आरोपमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेकी महिला ढाँटमाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाइफकाइ भारतको बैङ्गलोर पु¥याई बेचबिखन गर्न खोजेको आरोप लागेको छ । यसअघि मङ्गलबार प्रहरीले सोही घटनामा संलग्न डडेल्धुरा आलिताल गाउँपालिका–८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा दर्ता गरिसकेकोे छ ।

मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शङ्कर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिन अगाडि मात्रै यहाँ ल्याएका थिए ।

पक्राउ परेकी महिलालाई बेच्न लगिएकी महिलालाई भारत लैजान फोन सम्पर्क गराइएको आरोप छ । यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजीकार्य गरेको थियो ।