आउँदो फागुनमा प्रचण्ड प्रधानमन्त्री बन्दै

Avatar photo
Dhadingpost
अशोज ९, २०७५

काठमाडौं, असोज ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फागुन भित्रै ढल्ने पक्का भएको छ ।

सरकारले जनताका कामहरु सुस्त रुपमा गरेको र आम रुपमा जनतामा निराशा छाएकाले सरकार परिवर्तन नगरे पार्टीको भविष्य नै अन्धकारमा धकेलिने संकेत पाए पछि नेकपाका अध्यक्ष ओलीलाई सत्तबाट फिर्ता बोलाएर अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन हुने पक्का भएको स्रोतले जनाएको छ ।

स्रोतले जानकारी दिए अनुसार सहमतिमै सरकार परिवर्तन हुने भन्दा आवश्यकताका आधारमा हुने संकेत देखा परेपछि प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको जनाइएको छ ।

हिजो मात्रै प्रचण्डले सरकारको चर्को आलोचना गर्दै कम्युनिष्ट पार्टीको भविष्य यहि सरकारका कारण हुने खतरा बढेको भन्दै कम बोल्ने धेरै काम गर्ने गरि अगाडी बढ्न चेतावनी दिएका थिए ।

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने जम्बो टोली लिएर अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई चौका दिने गरि प्रचण्डले दिएको अभिव्यक्तिले नेकपामै सनसनी मच्चाएको स्रोतको दावी छ ।