डोटी, असोज ८ । डोटी जिल्ला शिखर नगरपालिका–१० मा मोटरसाइकको ठक्करबाट ७ वर्षीया छोरा बिपिन बलायरको मृत्यु भएको छ ।
शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरको ७ वर्षीया छोरा बिपिन बलायरको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका बलायरको स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।
मोटरसाइकल र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
केआईसिंह गाउँपालिका-४ वायल निवासी २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बिपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
