उपराष्ट्रपति आज स्वदेश फर्कदै

Avatar photo
Dhadingpost
अशोज ८, २०७५

काठमाडौँ, ८ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर सोमवार स्वदेश फर्किदैछन् ।

यसैगरी, उनले चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का सिचुवान प्रान्त सचिव छिङहुवासँग भेटघाट गरेको उनको निजी सचिवालयले जनाएको छ । भेटघाटमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

औपचारिक भ्रमणका लागि असोज ३ गते उपराष्ट्रपति पुन चीन प्रस्थान गरेका थिए । उपराष्ट्रपति पुनले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोह र बेल्ट एण्ड रोड सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई सम्बोधन गरे ।