निर्मला हत्या घटनाको अनुसन्धान शैली परिवर्तन

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

कञ्चनपुर, असोज ७ । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान शैली परिवर्तन गरेको छ ।

एसपी चन्दले निर्मलाका बुबा यज्ञराज, आमा र दिदीसँग छलफल गरेकी छन् । घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा दबाब परेको छ । सरकारले केही दिन अघि मात्र दुर्गासिंह चन्दलाई कञ्चनपुर खटाएको हो ।

घटनाको अनुसन्धान गर्न खटिएकी एसपी दुर्गासिंह चन्दले अनुसन्धानको शैली परिवर्तन गरेर निर्मलाको परिवारका सदस्यसँग एक्लाएक्लै सोधपुछ गरेकी हुन् ।

सरकारले गठन गरेको अनुसन्धान समितिले भने पछिल्लो पटक भएको प्रगतिबारे जानकारी गराएको छैन । समितिले अनुसन्धानबारे परिवारलाई पनि कुनै जानकारी नगराएको स्रोतले जनाएको छ । पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर लगातार प्रदर्शन भइरहेको छ ।