धनगढी, असोज ०७ । कैलालीको भजनी नगरपालिका- ३ नेपाल–भारत सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाई छिपाई ल्याउदै गरेको भारतीय रुपैया सहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।
श्रोतले दिएको जानकारी अनुसार भारतीय शहर दिल्लीमा एकजना व्यापारीको केहि दिन अगाडी मात्रै करोडौ रकम चोरी भएको थियो । रकम चोरी भएदेखि नै ति व्यापारीकहाँ काम गर्ने तिन जना नेपालीहरु फरार रहेका कारण प्रहरीले फेला पारेको रकम ति भारतीय व्यापारीको हुन सक्ने श्रोतले बताएको छ । यद्यपी जोशीसंगै फेला पारेको रकम भने त्यति परिणाम नभएको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार जोशीसंग करिब २५ देखि ३० लाख रुपैयासम्म हुनसक्ने बताईएको छ ।
कैलालीको भजनी नगरपालिका– ३ नेपाल–भारत सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाई छिपाई ल्याउदै गरेको भारतीय रुपैया सहित लम्की चुहा नगरपालिका १ का ३१ वर्षिय कृष्णराज जोशीलाई से. ४ प ६७६० नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टिकापुरको जिम्मा लगाएको शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए । उनले जोशीसंग रहेको रकमको गणना भैरहेका कारण कति रकम थियो भन्ने एकिन नभएको बताए ।
उता ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले जोशी पक्राउ परेकोबारे पुष्टि गर्दै रकमबारे एकिन थाहा नभएको बताए । उनले रकम गणनापछि मात्रै कति रकम थियो भन्न सकिले बताए ।
