महेन्द्रनगर, असोज ५ । कञ्चनपुरमा फेरी अर्को अचम्मको घटना वाहिरीएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित विद्यालयमा एक ६ वर्षीया बालिका १० वर्षका बालकद्धारा बलात्कृत भएकी छन् ।
एउटै विद्यालयमा पढ्ने बालकले विद्यालय छुट्टी भएपछि कक्षा कोठामै बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका बालकको नाम पनि गोप्य राखेको छ। कानुनतः बालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न मिल्दैन। तर क१चनपुरमा बाल सुधार गृह समेत नभएका कारण समस्या उत्पन्न भएको छ । अधिवक्ताहरुका अनुसार अपराध अनुसन्धान गर्न बालकलाई अभिभावकको जिम्मा लगाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने विकल्प देखाएका छन् ।
कृष्णपुर नगरपालिका १ बंकस्थित कालिका माविमा अध्ययनरत बालकले सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत ७ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । स्कुल बिदा भइसकेपछि कक्षामा कोही नभएको मौका पारी बालिकालाई बलात्कार गरेको प्रहरीको भनाई छ । बालिकाले आफुमाथि भएको घटनाका बारेमा अभिभावकलाई बताए पछि प्रहरीकहाँ सो घटना पुगेको हो । बालिकाले प्रहरी सामु पनि आफुलाई बलात्कार गरेको बताएकी छन् । बालिकाको योनीमा रगत समेत देखिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले सो घटनाको छानविन भइरहेको जनाएका छन् । बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परिक्षणको रिपोर्ट आए पछि मात्र बालिका माथि बलात्कार भए नभएको पुष्टि हुने प्रहरीले जनाएको छ ।
