चल्ला पहिला कि अण्डा ?

Avatar photo
Dhadingpost
अशोज ५, २०७५

एजेन्सी,असोज ५ । प्राचीनकालमा युनानका विचारकहरुबीच बहसको मुद्दा बनेको प्रश्न हो संसारमा पहिले चल्ला आयो कि अण्डा भन्ने । यो प्रश्नले आज पनि कति धेरैको टाउको तताउने गरेको छ ।

अण्डा भन्दा पहिला चल्लाबिना त्यसको अस्तित्वमा प्रश्नचिन्ह उठ्छ भने चल्लाभन्दा पहिला अण्डाको प्राथमिक अवस्थाबारे प्रश्न उठ्ने गरेको कारण यो प्रश्न आजसम्म पनि अनुत्तरित छ ।

वैज्ञानिकहरुका अनुसार क्वान्टम फिजिक्सले चल्ला र अण्डा दुवैसँगै आएको बताउँछ । क्विन्सल्याण्ड विश्वविद्यालयमा एआरसी सेन्टर अफ एक्सिलेन्स फर क्वान्टम इन्जिनियरिङ सिस्टमका भौतिक विज्ञानशास्त्री जैकी रोमेरोले क्वान्टम मैकेनिक्सले यस्तो कुनै नियमित रुपले तय हुने क्रमको बिना हुनसक्ने बताउने धारणा राखेका छन् । यसर्थ, शोधले दुवै चिज पहिले आउन सक्ने बताउँछ र यस अध्ययनलाई ‘अनिश्चितताको कारणहरुका क्रम’ भनिन्छ । यद्यपि यो आमरुपमा लागू हुने नियम भने होइन ।

यस अध्ययनका लागि वैज्ञानिकहरुले फोटोनिक क्वान्टम स्विच कन्फिगरेशनको प्रयोग गरेका थिए । यो शोधमा दुवै घटनाका क्रम जसमा निर्भर थिए त्यसलाई कन्ट्रोल भनिएको छ ।

तर हालै यस ऐतिहासिक प्रश्नको एउटा उत्तर आएको छ । न्यूयोर्क पोस्टमा प्रकाशित खबरका अनुसार यसको उत्तर क्वान्टम फिजिक्सको मद्दतबाट आएको अष्ट्रेलियास्थित क्विन्सल्याण्ड विश्वविद्यालयका वैज्ञानिक तथा फ्रान्सका एनइइएल संस्थानले दावी गरेको छ ।