रूपन्देही, असोज ५ । गुन्डानाइके मनोज पुनसँगै संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना उच्च अदालत तुलसीपुर बुटवलको मंगलबारको आदेशले तारेखमा छुटेका छन् ।
न्यायाधीश कुमारप्रसाद पोखरेल र कृष्णकमल अधिकारीको संयुक्त इजलासको आदेशपछि देवदह ४ का लेखनाथ न्यौपाने, देवदह ५ का तुलसी न्यौपाने र बुटवल ४ का व्यवसायी हरिप्रसाद श्रेष्ठ तारेखमा छुटेका हुन् ।
ज्यान मार्ने र संगठित रूपमा ज्यान मार्ने अभियोगमा पक्राउ परेका ६ जनालाई यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । तर, उनीहरू तारेखमा बस्न पाउनुपर्ने दाबीसहित उच्च अदालत गएका थिए ।
