कालिकोट, असोज ५ । कालिकोटको खाँडाचक्र नगरपालिका –५ का १८ वर्षका युवतीलाई विवाह गरेको २ वर्ष सम्म सन्तान नजन्माउने भन्दै कुटपीट गर्ने उनका श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उनका श्रीमान अली दमाई, ससूरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु प्रेम दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
खाँडाचक्र नगरपालिका १ माइती घर भएकी सरिता दमाईले आफूलाई परिवारले नै दैनीक बच्चा नजन्माएको र बोक्सी भन्दै कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले जानकारी दिए ।
उनका अनुसार पक्राउ गरिएका चारैजना विरुद्ध सामजिक भेदभाव तथा अन्य अपमानजन्य कसुर बोक्सीको आरोप अन्तर्गत मुद्धा दर्ता भएको छ ।
