काठमाडौं, असोज ४ । नेकपा निकट दुइ बिधार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोध गर्दै शंकरदेव क्याम्पसमा तालाबन्दी गरेको छ ।
संगठनले क्याम्पस प्रसाशनले विधार्थीहरुको हकबिपरित विद्यार्थीले पढ्न नसक्ने गरि शुल्क वृद्धि गरेको आरोप लगाउँदै ज्ञापन पत्र बझाउँदै क्याम्पसमा तालाबन्दी गरेको हो ।
क्याम्पस प्रशासनले पठनपाठन १० प्रतिशतले शुल्क वृद्धि गरेको छ । शुल्क वृद्धिको निर्णय गरे लगत्तै क्याम्पस प्रसाशन प्रमुख ‘फरार’ भएको आरोप लगाएका छन् ।
विद्यार्थी संगठनहरुले शान्तिपूर्ण ढंगले राखेको मागलाई बेवास्था गरेका कारण क्याम्पसमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका अध्यक्ष मदन ढकालले जानकारी दिए । अर्का अनेरास्ववियुका अध्यक्ष आशिष तुम्बाहाङ्फेले विद्यार्थीहरुको हकहितका लागि जस्तोसुकै मूल्य चुकाउँन तयार रहेको बताए ।

