काठमाडौं, असोज ४ । संघीय निजामती सेवा ऐन २०७५ असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा संशोधन नभई कार्यान्वयन आएमा आयोगले अबदेखि खरिदार, उपसचिव र सहसचिव पदको विज्ञापन गर्ने छैन ।
संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । निजामती सेवा ऐन २०४९ अनुसार विज्ञापन निकाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।
