बाघे नामले चिनिने डन प्रहरीको खोरमा

Avatar photo
Dhadingpost
भदौ २२, २०७५

काठमाडौं, भदौ २२ । ‘बाघेनामले’ चिनिने सुकबहादुर लामाले एक व्यवसायीलाई धम्काएपछि ती व्यवसायीको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको छ ।

‘बाघे’ नामले चिनिने सुकबहादुर लामालाई पक्राउ गुण्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई स्वयम्भुबाट पक्राउ गरेको जनाएको छ ।

यसअघि पनि आपराधिक गतिविधिमा पक्राउ परिसकेका लामालाई यसपटक सार्वजनिक शान्तिविरुद्धको अपराध मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।