ट्याङकरको ठक्करबाट दुई जनाको मुत्यु

Avatar photo
Dhadingpost
भदौ २२, २०७५

चितवन, भदौ २२ । राप्ती नगरपालिका–३ भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना ३ ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् ।

प्रहरीका अनुसार ट्यांकरको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।