अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थाल्यो

Avatar photo
Dhadingpost
भदौ २१, २०७५

काठमाडौँ, भदौ २१ । नेपाल वायुसेवा निगमले वाइडबडी खरिद गर्दा आर्थिक अनियमित गरेको विषयमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

आयोगले छानबिनका लागि अवश्यक सबै सामग्री निगमबाट मागेको प्रवक्ता रामेश्वर दंगालले बताएका छन । निगमले कागजात उपब्लध नगराए छापा मारेर कागजात जफत गर्ने तयारी पनि आयोगले गरेको छ । आयोगले अहिले निगमसँग वाइडबडी ३३०–२०० विमान खरिद सम्झौता, भुक्तानीसम्बन्धी सबै कागजात मागेको छ ।

निगमले वाइडबडी विमान खरिद गर्दा प्रति विमान अमेरिकी डलर १० करोड ४८ लाखका दरले २ विमान खरिद गर्न २० करोड ९६ लाख अमेरिकी डलरमा एएआर कर्पोरेसनमार्फत् सम्झौता गरेको थियो ।

विवादमा रहेको पहिलो वाइडबडी विमान असार १४ र दोस्रो विमान साउन १० गते फ्रान्सको तुलुजबाट नेपाल ल्याइएको हो ।