काठमाडौं, भदौ २१ । काठमाडौ स्वयभु नजिक एउटा बा. ७ च ७०२१ नम्बरको पार्किङ गरेर राखिएको कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको छ ।
स्वयंभु मन्दिरमा रहेको पैसा फाल्ने स्थानभन्दा तलपट्टि राखिएको गाडी भित्रबाट रगत बगिरहेको अवस्थामा स्थानियले देखेपछी तुरुन्त प्रहरीलाइ खबर गरेका थिए ।
उक्त मृतकको घर नाम केहि पनि खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ ।
