
धादिङ भाद्र २० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भोजपुर जिल्ला अदालतको आदेशमा बुधबार साँझ रिहा भए लगत्तै अदालत परिसरबाटै फेरि गिरफ्तार भएका छन् ।
दाङ जिल्लामा अर्को अभियोग रहेको जनाउँदै प्रहरीले अदालत परिसरबाटै प्रकाण्डलाई फेरि गिरफ्तार गरेको हो ।
पार्टी कामको सिलसिलामा हेटौंडाबाट काठमाडौं आइरहेको बेला गएको साउन २२ गते फर्पिङ–बल्खु सडक खण्ड अन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गिरफ्तारीमा परेको प्रकाण्डलाई सर्वोच्च अदालतको रिहार्इको आदेशै पिच्छे भदौ १, ७ र १८ मा प्रहरीले पुन गिरफ्तार गरिएको थियो ।
