जनकपुरधाम, भदौ २० । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका–४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।
घटना लगतै केही समय राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।
टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।
