काठमाडौं, भदौ २० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस भएका छन् ।
दीप बस्न्यातको अवकाससँगै कार्यबाहक प्रमुख आयुक्त बनेका घिमिरे लामो समयपछि प्रमुख आयुक्तमा सिफारिस भएका हुन् । अब संसदीय सनुवाईले उक्त निर्णय अनुमोदन गरेमा उनी अख्तियारको प्रमुख आयुक्त बन्ने छन् ।
