सडेको अवस्थामा एक युवकको शव फेला

Avatar photo
Dhadingpost
भदौ २०, २०७५

पोखरा, भदौ २० । पोखरा महानगरपालिका–२२ ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मंगलबार वन हुँदै माछा मार्न गएका एक युवाले शवजस्तो देखेको भनेका थिए ।

शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परेको कार्की बताए । पानीका कारण मोबाइल अन नभएको कार्कीले जानकारी दिए । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको भएको उनले बताए ।