चट्याङ लागेर एक महिलाको मृत्यु

Avatar photo
Dhadingpost
भदौ २०, २०७५

इलाम, भदौँ २० । माई नगरपालिकामा चट्याङ लागेर मंगलबार ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई नगरपालिका–१ घर भई हाल सोही नगरपालिकाको वडा नं. ६ पलाँसेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको रहेको प्रहरीले जनाएको छ ।

छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।