‘सरकारले सुरुमै असाध्यै राम्रो गर्यो’

Avatar photo
Dhadingpost
भदौ १४, २०७५

मोरङ, भदौ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘सरकारले शुरुमै असाध्यै राम्रो काम गरेको बताउनु भएको छ ।

‘सरकारले शुरुवातमै सिण्डीकेट अन्त्य, तस्करी नियन्त्रण लगायतका राम्रो काम गर्यो’ बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो,‘ तर पछिल्लो मुलुकमा देखिएको बलात्कार र हिंसाले सरकारको सर्वत्र आलोचना हुन थालेको छ । संघीयताको नाममा दोहोरो, तेहोरो कर लगाएर जनतालाई निरास पारिएको छ ।

अध्यक्ष थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प सोच्ने बेला आएको बताउनु भयो । ‘ मुलुकमा संघीयता भन्दा सुदृढ स्वायत्त शासन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘‘यसमा सहमतिबाट निर्णय हुन नसके जनमतसंग्रह गरेर टुंगो लगाउनुपर्छ ।