काठमाडौं, भदौ १४ । काठमाडौं प्रहरीको विशेष टोलीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको छ ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले कालोझण्डा देखाएर प्रदर्शन गर्दै आइरहेका छन् । अघिल्लोपटक मोदीको भ्रमणमा यसैगरी प्रदर्शन गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन गर्नसक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो ।
