काठमाडौ, भदौ १३ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र बाँझो जग्गा राख्नेलाई दोब्बर कर लगाउने नीति अख्तियार गरेको छ ।
कृषि मन्त्री लेखबहादुर थापाले जिल्ला तहमा पुगेर कृषकहरुलाई जग्गा बाँझो नराख्न आग्रह गरिरहेका छन् । ‘दुई वर्ष भन्दा बढि कसैले जग्गा बाँझो राखे कर बढि तिर्नुपर्छ, उनले भने–जसरी पनि खेती गर्नुपर्छ । नभए कर र्तिन तयार हुनुस् ।
कर लिने मनसाय नभई जग्गालाई उत्पादनशिल बनाउने योजना अनुरुप सरकार कडा बनेको उनको भनाई छ । बाँझो जमिनलाई सरकारले लिजमा दिने तयारी पनि गरिरहेको छ । यद्यपी यो नियम भने बनिसकेको छैन ।
गण्डकी प्रदेशको मुख्य आम्दानीको स्रोत नै उर्जा, पर्यटन र कृषि हो । कृषियोग्य जमिन बाँझो राख्दा खाद्य आयात बर्षेनी बढिरहेको सरकारी तथ्याकं छ ।
