दोलखा, भदौ ११ । जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।
लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर नगरपालिका–४ कोे वडा सरकार कानमा तेल हालेर बसेपछि नागिरकको सेवामा काँग्रेस सारथी बनेको छ ।
काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताउनुभयो ।
काँगे्रस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल टे«ड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताउनुभयो ।
दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर काँगे्रस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भन्नुभयो ।
