१३ वर्षिय बालीकाको मृत फेला

Avatar photo
Dhadingpost
भदौ ११, २०७५

पोखरा, भदौ १९ । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत लामौचारकी एक बालिका मृत फेला परेकी छन् ।

घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शबलाई पोस्ट माटमको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान अस्पताल पोखरा लगिएको छ ।

१३ बर्षिया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् । घर नपुग्दै तरकारी किनेर लानुछ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रबार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् । उनले लगाएको स्कट खोलिएको, भुईहरु तिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो ।