जाजरकोट, भदौ ८ । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड खोला तर्नेक्रममा बाढीले माइक्रो बगाएको छ ।
बाडीले माइक्रो बगाएपछि यात्रुले हामफालेर ज्यान बचाएका छन् । बिहीबार अबेर जाजरकोटबाट नेपालगन्जतर्फ छुटेको माइक्रो बाढीले बगाएको थियो ।
उक्त खोलामा पक्की पुल नहुँदा सवारी सधान खोलाबाटै जोखिम मोलेर तर्ने गर्छन् । पुल निर्माणाधीन भए पनि बाढीले पुल नै बगाएपछि समस्या बढेको हो ।
माइक्रो सवार यात्रुले हाम फालेर ज्यान जोगाए पनि उनीहरूको सरसामान भने सबै बाढीले बगाएको छ । बाढीले बगाएर निकै तल पुगेको माइक्रो पछि डोजर लगाएर निकालिएको थियो ।
