बैतडी, भदौ ७ । बैतडीमा मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।
नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताइन । उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट १५ लाख रुपैयाँ छुट्याइएको छ ।
सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो ।
