महोत्तरी, भदौ ६ । महोत्तरीमा नमाज पढ्ने विषयमा भएको विवादले उग्र रूप लिँदा दुई समूहबीच झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर एवं अश्रु ग्यास प्रहार गरेको थियो । झडप स्थलमा उल्लेख्य सख्यामा प्रहरी परिचालन गरिएको र अहिले स्थिति शान्त भइसकेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
बुधबार बिहान मुस्लिम समुदायको महान् पर्व बकर इदका दिन भएको झडपमा १० जनाभन्दा बढी घाइते भएका छन् । उक्त झडप इदगाहा मस्जिदमा भएको थियो ।
नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना मौलानालार्इ अघि सारेपछि विवाद भएको प्रहरीले बताएको छ ।
