सञ्चालनमा आएको ६ दिनमै बन्द भयो कलंकी अण्डरपास

Avatar photo
Dhadingpost
भदौ ६, २०७५

काठमाडौँ, भदौ ६ । भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकी अण्डरपास काम बाँकि रहेकाले एकहप्ताका लागी लागि बन्द गरीएको छ ।

परिक्षणकै लागि सञ्चालनमा आएको भएतापनि यसले कलंकीमा हुने जामलाई केही हदसम्म नियन्त्रण गरेको थियो । अब एक हप्ताका लागि भने जामको समस्या बल्झिने भएको छ ।

भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकी अण्डरपास काम बाँकी रहेकाले एक हप्ताका लागि बुधबार बिहानदेखि बन्द गरिएको हो । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।