सुनचाँदी व्यवसायी द्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय

Avatar photo
Dhadingpost
भदौ ६, २०७५

कपिलवस्तु, भादौ ६ । सरकारबाट सहजरुपमा सुन उपलब्ध नभएको भन्दै सुनचादी व्यवसायीहरु आन्दोलीत भएका छन ।

सिजनको बेला नै सुन उपलब्ध नभएपछी ब्यवसायिहरु चिन्तीत भएका छन ।“चाडपर्वको अवशरमा सुनको माग वढेको हुन्छ तर सुन हामीले सहज रुपमा पाउदैनाँै यो समस्या कहिले सम्म अध्यक्ष गहतराजले भने ।

लुम्वीनि अंचलका सम्पुर्ण ब्यावसायीहरुको भेलाले सरकारले व्यापारिहरुलाई सुन सहज रुपमा उपलव्ध गराउनुपर्ने माग राखेका छन ।

वैक वाट उपलव्ध हुने सुन दलालहरु सग जाने भएकोले सरकारले तोकेभन्दा वढी मुल्य तिर्नुपर्ने समस्या भएको अध्यक्षको भनाई छ ।ग्राहकहरुको माग वमोजिम गहना उपलव्ध गराउन नसकिएको भन्दै उहाले वैकले साना व्यापारीहरुलाई बेवास्ता गरेर दलालहरु सग सहकार्य गरेको आरोप लगाए ।

कपिलवस्तु सुनचाँदी ब्यवासायी संघ उपसाखा चन्द्रौटाको भाद्र ६ गते वसेको वैठकले ६,७ र ८ गते ब्यावसाय बन्द गर्ने निर्णय गरेका छन ।सुन सहजरुपमा उपलव्ध नभएको हुदा ग्राहकलाई गहना बनाएर दिन अफ्ठयारो भएकोले सरकारले जुनसुकै हालतमा भएपनि व्यपारिहरुलाई सहज ढंङगवाट सुन उपलव्ध गराउनुपर्ने उपसाखा चन्द्रौटाका अध्यक्ष लाल वहादुर गंहतराले वताउनु भयो ।