काठमाडौं, भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति शुभकामना दिएका छन् ।
बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त भएको छ । ‘‘संस्कृति, जात जाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रि लक्ष्य पूरा गर्नेछौं भन्ने कुरामा म विश्वस्त छु ।
बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

