विपन्न परिवारलाई आवस दिइने

Avatar photo
Dhadingpost
साउन ३१, २०७५

काठमाडौँ, साउन ३१ । अति विपन्न घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवस सुविधा दिन सरकारले व्यपस्था गरीएको छ ।

आवासविहीनको विवरण संकलन, उनीहरुलार्य परिचयपत्र उपलब्ध गराउने वस्ती विकास गर्ने आवास उपलब्ध गराउने अस्थायी आवास तथा पनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ ।

सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो ।