इलाम, साउन २८ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ बाघखोरमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् ।
सोमबार बिहान ९ः५० बजे बस दुर्घटना भएको हो । राँकेबाट आशादीप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख १९५५ नम्बरको स्कुल बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइते विद्यार्थीहरुलाई उपचारका लागि झापास्थित बि एन्ड सी हस्पिटल लगिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए । चालकलाई रक्से प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।
