भद्रपुर, साउन २८ । झापा कारागारबाट आइतबार एक कैदी फरार भएका छन् । साविक जुरोपानी गाविस ९ हाल गोरादह नगरपालिका ८ निवासी उमेस माझी फरार भएको छ ।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएका थिए।
भर्याङ चढेर काम गर्दागर्दौ गरेको अवस्था कति खेर पर्खाल नाघेर फरार भयो, कारागारमा तैनाथ सुरक्षाकर्मीले समेत पत्ता पाएनन्, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘घटनाको बेला खटिएका प्रहरी तथा कैदीबन्दीसँग सोधपुछ भइरहेको छ।
उनका अनुसार कारागार भित्रैबाट कैदीबन्दी फरार भएपछि कारागारमा तैनाथ सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । फरार भएका माझीलाई खोज्न व्यापाक रुपमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।
सोही सजायअनुसार माझी कारागारमा बन्दी जीवन बिताइरहेका थिए। बेलुका कैदी गन्ती गर्ने क्रममा एक जना कैदीबन्दीको संख्यामा कमी आएपछि माझी फरार भएको घटना त्यसपछि बाहिर आएको हो । माझी पेशाले इलेक्ट्रिशियन थए । कारागारको पर्खालमा बिजुलीका काम गर्नका उनले भर्याङ (सिढी) को प्रयोग गरेका थिए ।
