होटलमा आगलागी हुँदा २० लाख बराबरको क्षति

Avatar photo
Dhadingpost
साउन २८, २०७५

दमक, साउन २८ । झापाको दमकमा विद्युत सट भई एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ ।

होटलमा विद्युत सट भई आगो लागेको बताइएको छ ।

दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।

आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए। आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए ।