काठमाडौं, साउन २७ । करिब एक साता लामो समय सम्म स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्नु हुने कार्यक्रम छ ।
आजको बैठकमा संसद सचिवालयमा दर्ता भएको थप दुई विधेयक परिपक्क भए पछि सरकारले टेवुल गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ । बैठक दिउसो १ बजेका लागि बोलाइएको छ ।
यसैबीच अर्थ समितिको बैठक आज बस्दैछ । विहान १० बजे पछि बस्ने बैठकमा अर्थ मन्त्रालयल, राष्ट्रिय प्रकृति स्रोत तथा वृत्त आयोग र लगानी बोर्डको कामकारबाही बारे छलफल हुने छ ।
यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न विधयेकमाथि दफाबार छलफल गर्ने कार्यतालिका छ ।
उक्त विधयेक गत सोमबारको प्रतिनिधिसभाको बैठकले दफाबार छलफलका लागि समितिमा पठाएको थियो । सोही समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखा परिक्षण विधेयक तथा विमा विधयेक पनि दफावार छलफलक लागि पठाएको थियो ।
