अस्पतालको यस्तो लापर्वाही, सुत्केरीको ज्यान गयो

Avatar photo
Dhadingpost
साउन २५, २०७५

मोरङ, साउन २५ । विराट मेडिकल कलेजको टिचिङ्ग हस्पिटलमा सुत्केरी गराउन पुगेकी २७ वर्षीया सगिरा खातुनको ज्यान गएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनारकी २५ वर्षीया सगिरा खातुनको ज्यान गएको हो । सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट टिचिङ्ग हस्पिटलमा भर्ना गराएका थिए । ८ महिनाको गर्भ रहेको खातुनलाई भर्ना गरेकै दिन चिकित्सकले शल्यक्रिया गरिदिए ।
हस्पिटलको स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. हनुनी प्रसाद पोखरेलको टोलीले सगिराको उपचार गरेका थियो ।

पीडितहरुको आक्रोशित भीड नियन्त्रण गर्न मोरङ प्रहरीले प्रहरी निरीक्षको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । दुई महिना अघि पनि यस अस्पतालमा दुहवी–९ सोनापुर घर भएकी रफीद मियाँको छोरीको मृत्यु भएको थियो ।

विरामीका आफन्तले भने अस्पताल प्रशासनको लापर्वाहीले विरामीको ज्यान गएको आरोप लगाएको छ । सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तले दिनभर अस्पताल परिषरमा नारावाजी गरेका थिए । पीडितका आफन्तहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरे आन्दोलनमा गर्ने जनाएका छन् ।