काठमाडौं, साउन २३ । प्रदेेेश नंं. १ सरकारले साउन २४ गते बिहीबार सार्वजानिक बिदा दिएको छ । विश्व आदिवासी दिवसको अवसरमा बिहीबार विदा दिन लागेको हो ।
उक्त प्रदेशले आगामी भदौ १० गते जनैपूर्णिमा र कात्तिक २७ गते छठ पर्वको अवसरमा पनि सार्वजानिक बिदा हुनेछ । साथै भदौ १८ गते राधा कृष्ण रथयात्राको अवसरमा मोरङ र सुनसरी जिल्लामा बिदा हुनेछ ।
२०७४ चैत २९ मा भएको निर्णय अनुसार भोलि बिदा दिने निर्णय भएको गृहमन्त्रालयद्धारा सुचनामा उल्लेख छ ।
