काठमाण्डौ ,साउन २३ । पटक पटक आउनै लाग्यो कि झैं लाग्ने मेलम्चीको पानीले राजधानीबासीलाई धेरैपटक निराश बनाइसकेको छ ।
वि. सं. २०५५ सालबाट सुरु गरिएको मेलम्ची खानेपानी आयोजना वर्षौँसम्म आकासको फल आखा तरी मर जस्तै भएको छ । पटक पटक निर्माण सम्पन्न गर्ने मिति तोकिएपनि मेलम्चीको काम अन्योलमा पर्दै आएको छ । तरपनि सरकारले मेलम्ची सकिनै लाग्यो भन्न चाहीँ छाडेको छैन । यो वर्षपनि दशैं अगावै मेलम्चीको पानी काठमाण्डौमा वितरण थाल्ने दावी गरिएको छ ।
प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै पन्तले दशैँअघि नै मेलम्ची खानेपानी आयोजनाको काम सकेर जनतालाई पानी वितरण गर्ने दावी गरेका छन् । मेलम्ची खानेपानीको काम झन्डै १ महिनादेखि रोकिएको थियो । ठेकेदार कम्पनीले हेलचेक्र्याईं गर्दा काम अन्योलमा परेको हो ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिलेसम्म २६ मिटर लामो सुरुङ, १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निमार्ण गर्ने काम ४० प्रतिशत काम सम्पन्न भइसके आयोजनाका योजना इकाई प्रमुख राजेन्द्रप्रसाद पन्तले बताए ।
